TV Today HD बाट प्रत्येक आईतबार बेलुका ९:३० बजे प्रसारण हुने कार्यक्रम अब बोल्छ माटो , परिवर्तन सकारात्मक सोच बाटै सम्भव छ, कसैलाई गाली गरेर नहोला कि ? हरेक क्षेत्रको परिवर्तन सकारात्मक विचार भएका लिडर बाटै सम्भव छ । लिडर कस्तो भएमा देश विकास हुन्छ, समस्या मात्र होइन समाधान पनि खोजी गर्ने टेलिभिजन अन्तर्वार्ता हो । लिडर सरकार भित्र र बाहिर रहेका मध्ये को, अहिलेको समय र परिस्थिति अनुसार जनताले रुचाएका हुनसक्छन , सडकमा आन्दोलन र टाएर बाल्नु मात्र समधान नहोला कि ? यस कार्यक्रममा जुनसुकै क्षेत्रका यो देशको माटोलाई महसुस गर्न सक्ने र माया भएका पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । कुनै पनि प्रसंगमा सम्झौता नगरी विकास र परिवर्तनको लागि आफु जलेर अरुलाई उज्यालो दिने सक्ने लिडरको खोजी गर्ने, यो देशको आवाज नै कार्यक्रमको मुख्य उदेश्य हो ।